PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

जनकपुरको मेयर र उपमेयरमा लोसपाले सिफारिस गर्‍यो उम्मेदवारको सूची



पहिलोपोस्ट

जनकपुरको मेयर र उपमेयरमा लोसपाले सिफारिस गर्‍यो उम्मेदवारको सूची

जनकपुरधामः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ५/५ जनाको नाम सिफारिस गरेको छ।

धनुषामा आइतबार बसेको बैठकले मेयर र उपमेयरका उम्मेदवारको सूची सिफारिस गरेको हो। नगर प्रमुखका लागि मनोजकुमार चौधरी, परमेश्वर साह, सञ्जय चौधरी, अमर पञ्जियार र जानकी राम साहको नाम सिफारिस गरिएको लोसपा धनुषाका अध्यक्ष प्रमेश्वर साहले जानकारी दिए।

यस्तै उपप्रमुखमा विभा ठाकुर, विभा पाण्डे, रिता मिश्र, पुनम झा र पुनम साहको नाम सिफारिस गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell