PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै
फाइल फोटो

बिस्केक: नेपाली फुटसल टोलीले आज ताजिकिस्तानसँग प्रतिपर्धा गर्दैछ। एएफसी फुटसल एसियन कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा ताजकिस्तानको सामना गर्नेछ। खेल नेपाली समय अनुसार पौने ११ बजे सुरु हुनेछ।

यसअघि आईतवारको खेलमा नेपालले समूहकै बलियो मानिएको उज्बेकिस्तानसँग ५-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। ताजकिस्तानले अघिल्लो खेलमा अफगानिस्तानसँग ४-४ गोलको बराबरी खेलेको थियो।

कीर्गिस्तान आएर नेपालले यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो।

नेपालले समूहको अन्तिम खेलमा मंगलवार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell