PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

झापामा ट्रकले ठक्कर दिँदा युवकको मृत्यु, ट्रक चालक फरार



पहिलोपोस्ट

झापामा ट्रकले ठक्कर दिँदा युवकको मृत्यु, ट्रक चालक फरार

काटमाडौंः झापाको बिर्तामोडमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए। मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेका छन्। पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बर को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल बजगाईं गम्भीर घाइते भएका थिए।

ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell