A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697f387f4f28a2.61526730): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697f387f4f28a2.61526730,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.697f387f4f85d6.35822998): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.697f387f4f85d6.35822998,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नयाँ वर्षमा केजीएफ २ ले नेपाली सिनेमा घरमा जमायो कब्जा, ए मेरो हजुर ४ जुधाउनु नै मुर्खता : हल संचालक
PahiloPost

Feb 1, 2026 | १९ माघ २०८२

नयाँ वर्षमा केजीएफ २ ले नेपाली सिनेमा घरमा जमायो कब्जा, ए मेरो हजुर ४ जुधाउनु नै मुर्खता : हल संचालक



लक्ष्मी बलायर

 नयाँ वर्षमा केजीएफ २ ले नेपाली सिनेमा घरमा जमायो कब्जा, ए मेरो हजुर ४ जुधाउनु नै मुर्खता : हल संचालक

काठमाडौं : बैशाख १ गते अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। सोही दिन रिलिज हुँदैछ दक्षिण भारतीय फिल्म ‘केजीएफ-च्यापटर २’। दुवै फिल्म नयाँ वर्षको अवसरमा रिलिज हुँदैछ। अर्थात अप्रिल १४ मा तमिल नयाँ वर्ष ‘पुथान्डु’ को अवसर पारेर रिलिज हुँदैछ।

फिल्म रिलिज हुनु एक हप्ता अगाडि देखि नै यी दुवै फिल्मको अग्रिम टिकटहरू खुलिसकेका थिए। बुकिङको तथ्यांक हेर्ने हो भने नेपाली थिएटरमा 'ए मेरो हजुर ४' बहुप्रतिक्षित भनिएको फिल्म 'केजीएफ २' को मारमा परेको छ। केजीएफ २ ले नेपाली सिनेमाहलमा उच्च शो पाएको छ भने 'ए मेरो हजुर ४' ले न्यून।

'केजीएफ २' ले रिलिज अघि नै बक्स अफिसमा आक्रामक बुकिङ गरिरहेको छ। ‘केजीएफ २’ को टिकट ‘सोल्ड आउट’ भइसकेको हल संचालकहरू बताउँछन्। तर, झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ कमजोर देखिएको छ।

बागदरबारस्थित सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज'ले गत शुक्रवारदेखि अग्रिम टिकट खुला गरेको थियो। 'केजीएफ २' का रिलिजको पहिलो दिन बिहिबारदेखि आइतबारसम्मका शोहरू हाउसफुल रहेको बताउँछन् हल व्यवस्थापक जीवन शाक्य।

'फिल्म केजीएफ २ को आइतबारसम्मका शोहरू हाउसफुल छन्। पहिलो दिन ‘केजीएफ २’ लाई ८ शो र ‘ए मेरो हजुर ४’ लाई २ शो दिएका छौँ। तर नेपाली फिल्मको भने खासै टिकट नै बिक्री भएको छैन,' शाक्यले भने। 

कमलादीस्थित क्यूज सिनेमाले पनि शुक्रवारदेखि अग्रिम टिकट खुलाएको थियो। नेपाली फिल्म भन्दा विदेशी फिल्मले नै बढी शो पाएको क्युज सिनेमाका इन्चार्ज अभिषेक थपलियाले बताए। उनका अनुसार 'केजीएफ २' ले ९ शो पाउँदा 'ए मेरो हजुर ४' ले मात्र एक शो मात्रै पाएको छ। जसमध्ये 'केजीएफ २' को बिहीबारको सबै टिकटहरू ‘सोल्ड आउट’ भइसकेको छन्। शुक्रवारको पनि ५० प्रतिशत टिकट बिक्री भइसकेको थपलियाले जानकारी दिए।

नेपालकै ठूलो मल्टिप्लेक्स क्युएफएक्सले पनि ‘केजीएफ २’ लाई देशैभर उच्च शो दिएको छ। रिलिजको पहिलो दिन 'केजीएफ २' लाई देशभरबाट ७४ वटा शो दिँदा 'ए मेरो हजुर ४' ले भने २६ शो पाएको छ। जसमध्ये काठमाडौं उपत्यकाका टिकटहरू सबै बिक्री भइसकेको क्युएफएक्स प्रणाली विभाग प्रमुख रानु विष्टले जानकारी दिइन्।

‘हामीले दुवै फिल्मलाई राम्रो शो दिएका छौँ। केजीएफको भने बुकिङ खुल्ने बित्तिकै टिकट बिक्री भइसकेको छ। क्युएफएक्सका एउटा हलमा केजीएफ ८ शो दिँदा ए मेरो हजुर ४ लाई चार शो दिएका छौँ। नेपाली फिल्मले राम्रो गरेमा शो बढाउने छौँ। यसअघि पनि फिल्म ‘कठपुतली’ को बेला पनि हामीले पछि शो बढाएका थियौँ,’ उनले भनिन्।

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ मा शनिबारदेखि एड्भान्स बुकिङ खुला गरिएको थियो। नेपाली फिल्मका लागि खासै अनलाइन टिकट काट्ने ट्रेन्ड नरहेको विष्ट बताउँछिन्।

‘नेपाली फिल्ममा त्यति एड्भान्स टिकट काट्ने ट्रेन्ड छैन। दर्शक सिधै काउन्टरमा पुगेर काट्नुहुन्छ। फिल्मको कन्टेन्ट राम्रो भएमा अवश्य पिकअप गर्ने आश छ’ उनले भनिन्।

चावहिलस्थित एफक्युब सिनेमाले पनि शुक्रवारदेखि अग्रिम बुकिङ खुला गरेको थियो। रिलिजको पहिलो दिन ‘केजीएफ २’ लाई १३ वटा र ‘ए मेरो हजुर४’ लाई ३ शो दिएको एफक्युब सिनेमाका व्यवस्थापक रामहरी कोइरालाले बताए।

‘केजीएफ २ को पहिलो दिनको सबै टिकट सोल्ड आउड भइसक्यो। यसको बुकिङ नै आक्रामक छ। शनिवारसम्म पनि हाउसफुल नै हुने अनुमान छ। तर नेपाली फिल्मको भने अहिलेसम्म एउटा शोमा जम्मा २० वटा मात्रै टिकट बिक्री भएको छ,’उनले भने ‘तर आइतबारदेखि भने राम्रो हुन्छ भन्ने आश गरेका छौँ।’ उनले यसअघि म यस्तो गीत गाउँछु २ लाई पनि सुरूमा ४ शो दिएका तर पछि चलेपछि ८ शो दिएका सुनाए। नेपाली फिल्म चल्यो भने महिनौँसम्म चल्ने उनको बुझाइ छ।

यसअघि ‘स्पाइडर म्यान’,‘आरआरआर’ र बाहुबली जस्ता ठूला फिल्महरूमा अग्रिम टिकट निकै बिक्री भएको कोइराला सम्झन्छन्।

रञ्जना सिनेप्लेक्सले पनि अग्रिम टिकट खुला पनि खुलेको छ। फिल्म ‘केजीएफ २’७०/८० प्रतिशत बुकिङ भइसकेको म्यानेजर कुमार विनोद पौड्याल बताउँछन्।

त्यसैगरि, बिग मुभिजले ‘केजीएफ २’लाई ८ वटा झरनाको फिल्मलाई ४ शो वटा दिएको छ। वान सिनेमाजले पनि ‘ए मेरो हजुर ४’ लाई ३ र ‘केजीएफ२’ लाई ५ शो दिएको छ।

फिल्म जुधाउनु नै ‘मुर्खता’

यश अभिनित फिल्म ‘केजीएफ २’ सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’ को सिक्वेल हो। बक्स अफिसमा सफल मानिएको पहिलो भागका कारण दर्शकहरू यस फिल्मको सिक्वेलको तीव्र प्रतिक्षामा छन्। भारतमा मात्रै होइन नेपालमा पनि केजीएफ २ को राम्रै चर्चा छ। तर एकैदिन ए मेरो हजुर ४ पनि रिलिज हुँदा नेपाली फिल्मको अवस्था अग्रिम टिकट बुकिङबाट नै प्रष्ट भएको छ।

हल संचालकहरुले ‘ए मेरो हजुर ४’ टिमलाई ‘केजीएफ २’ सँग नजुधाउन पटकपटक आग्रह गरेका थिए। उनीहरु यी दुई फिल्म जुधाउनु मुर्खतापूर्ण कार्य रहेको बताउँछन्।

हरेक पटक मिटिङ हुँदा सबैले बारम्बार ‘ए मेरो हजुर ४’ को टिमलाई मिति सार्न सल्लाह दिएको बताउँछन् हल व्यवस्थापक रामहरी कोइराला।

‘चार/ पाँच पटक मिटिङ हुँदा तपाईँहरू पछाडि सर्नु भनेर भनेका छौँ। तर उहाँहरूले मान्नु भएन्। एकहप्ता पछाडि मात्रै सारेको भए यस फिल्मले तीन शोको साटो ८ वटा शो पाउने थियो। तर उहाँहरूले मान्नु नै भएन्। केजीएफ २ भनेको विशभरका दर्शकले हेर्न खोज्नु भएको फिल्म हो। केजीएफ २ को मारमा पर्छु भनेर एकपटक सोच्नु पर्ने थियो,’ उनले भने।

आफूहरूले पनि दर्शकले खोजिरहेको फिल्मलाई नै बढी शो दिनुपर्ने बाध्यता रहेको सुनाउँछन् उनी। भन्छन्,‘हामी त व्यापार गर्न आएको मान्छे। हामीले नेपाली फिल्महरूले मात्रै हल चलाउन सक्ने अवस्था छैन्। विदेशी फिल्म चलाउनुपर्‍यो। कि त नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्नसक्नुपर्‍यो।

त्यसैगरि, क्युएफएक्स प्रणाली विभाग प्रमुख रानु विष्टले पनि दर्शकहरूको डिमाण्ड अनुसार नै ‘केजीएफ २’ लाई बढी शो दिएको बताउँछिन्। साथै फिल्मको शोमा दर्शकहरूको क्रेजले निर्धारण गर्ने हुँदा हलहरूलाई शो बाँडफाँडमा हलको हात नहुने उनको तर्क छ।

यता, ए मेरो हजुर ४ की निर्देशक झरना थापाले वैशाख १ आफूहरुको नयाँ वर्ष भएकोले पछि नहट्ने बताइरहेकी छिन्।

‘धेरै शो नपाए पनि दर्शकले साथ कुरामा हामी आशावादी छौं’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell