PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केजीएफ २ सँग जुध्न चाहेन जर्सी, एकसाता पछि सर्‍यो प्रदर्शन मिति



पहिलोपोस्ट

 केजीएफ २ सँग जुध्न चाहेन जर्सी, एकसाता पछि सर्‍यो प्रदर्शन मिति

शाहिद कपुर अभिनित फिल्म 'जर्सी' को प्रदर्शन मिति स्थगित भएको छ। १४ अप्रिलमा रिलिज हुने भनिएको यो फिल्म अब अप्रिल २२ मा रिलिज हुने पक्का भएको हो।

यसअघि यो फिल्म २०२१ डिसेम्बरमा रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरबिच रिलिज हुन सकेको थिएन।

अप्रिल १४ मा यश अभिनित बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'केजीएफ २' रिलिज हुँदैछ। यसकै मारबाट बच्न जर्सीको रिलिज मिति सारिएको बलिउड फिल्मी समाचार पोर्टलहरुले जनाएको छ। 

गौतम तिन्नानुरीको निर्देशन रहेको यो फिल्म तमिल भाषाको फिल्म ‘जर्सी’ को रिमेक हो। यस फिल्ममा ‘जर्सी’मा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपुरको पनि मुख्य भूमिका रहेको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell