PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एमसीसीले अधिग्रहण गरेको जग्गा ‘संघर्ष’बाट फिर्ता लिने विप्लवको चेतावनी



पहिलोपोस्ट

एमसीसीले अधिग्रहण गरेको जग्गा ‘संघर्ष’बाट फिर्ता लिने विप्लवको चेतावनी
फाइल फोटो।

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध पार्टी कार्यकर्तालाई परिचालन गर्ने भएको छ। पार्टी महासचिव विप्लवले पार्टी कमिटीहरुका नाममा जारी गरेको सर्कुलरमा पार्टी पंक्तिलाई एमसीसी कार्यान्वयनमा अवरोध गर्ने गरी निर्देशन दिइएको हो।

पार्टीको केन्द्रीय कमिटीको बैठकले पारित गरेको निर्णय सार्वजनिक गर्न जारी सर्कुलरमा एमसीसीलाई अवरोध गर्नका लागि ‘एमसीसीले अधिग्रहण गरेको जमिन जनताको संघर्षका बलमा रोक्ने, त्यसका लागि जिल्लाहरुको व्यापक तयारी गर्ने’ उल्लेका छ।

त्यस्तै, सर्कुलरमा ६ कम्युनिस्ट पार्टीबाट एमसीसी, राष्ट्रघात, जनघात र महँगीविरुद्धको संघर्षका कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिइएको छ।

उत्पादनसँग जोडिन निर्देशन

विप्लवले प्रत्येक जिल्ला पार्टी र जनवर्गीय संगठन (जवस)लाई कृषि उत्पादनसँग जोड्ने गरी निर्देशन दिएको छ। जसका लागि हिउँदे कृषिवाली उत्पादनको निम्ति प्रत्येक जिल्ला पार्टीले २ बिगाहा र जवसले कम्तिमा १ बिगाहाको तयारी गर्न निर्देशन दिइएको छ।

त्यस्तै, विप्लवले नेता कार्यकर्तालाई शहरमा हजारौँ भाडा तिरेर बस्ने समस्याको अन्त्य गर्न सर्कुलरमा निर्देशन दिएका छन्।

उनले केन्द्रीय कम्युनको श्रम कार्यका लागि गण्डक क्षेत्रबाट २ वटा टिम पठाउनेसमेत निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell