
आइतवार भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा वामपन्थी छात्र संगठन अल इन्डिया स्टुडेन्ट्स एशोसिएसन ‘आइसा’ र हिन्दुवादी छात्र संगठन अखित भारतीय विद्यार्थी परिषद् ‘एबीवीपी’ बिच झडप भएको थियो। विश्वविद्यालयको होस्टेलको मेसमा मांसाहारी खानाको विषयलाई लिएर दुई समूहबिच झडप भएको थियो।
झडपका क्रममा कयौं विद्यार्थी घाइते भएका थिए। उक्त घटनालाई लिएर दिल्ली प्रहरीले मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ।
वामपन्थी छात्र संगठनका अनुसार सत्तारुढ भारतीय जनता पार्टी निकट एबीवीपीका कार्यकर्ताहरुले विश्वविद्यालयको कावेरी होस्टेलको मेसमा मांसाहारी खानाको विरोध गरेका थिए। तर, एबीवीपीले भने रामनवमीको पूजाका क्रममा आइसा निकट विद्यार्थीहरुले आक्रमण गरेको दाबी गरेको छ। आइसाले भने एबीवीपीले नै आक्रमण गर्न सुरु गरेको र आफ्ना कयौं साथीहरु घाइते भएको बताएको छ। आइसाले सामाजिक संजालमा घाइते विद्यार्थीहरुको तस्विर समेत सार्वजनिक गरेको छ। आइसाले प्रहरीमा उजुरी दिइसकेको छ भने एबीवीपीले पनि प्रहरीले उजुरी दिने तयारी गरेको छ।
जेएनयू छात्र संघकी अध्यक्ष आइशी घोषले एबीवीपीका कार्यकर्ताहरुले होस्टेलमा बस्दै आएका विद्यार्थीहरुलाई मांसाहारी भोजन गर्न रोक लगाएका थिए। त्यसपछि उनीहरुले होस्टेलको मेसमा नै आक्रमण गरेका थिए। घोषले सत्ताधारी दलका विद्यार्थीहरुले अब के खाने के नखाने भनेर भन्न थालेको प्रतिक्रिया दिएकी छिन्।
This is how ABVP goons are communalising our campuses. pic.twitter.com/2QR5bdTtuY
— Aishe (ঐশী) (@aishe_ghosh) April 10, 2022
होस्टलमा आइतवार जहिलै मांसाहारी खाना मिल्ने विद्यार्थीहरुले बताएका छन्। एबीवीपीले भने रामनवमीका दिन मांसाहारी खाना खान नहुने भन्दै रोक्न खोजेको उनीहरुको आरोप छ।