PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

श्रीमानको हत्या गरेर श्रीमती आफैँ पुगिन् प्रहरी कार्यालय



पहिलोपोस्ट

श्रीमानको हत्या गरेर श्रीमती आफैँ पुगिन् प्रहरी कार्यालय
प्रतिकात्मक

काठमाडौंः कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।

मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको भन्दै प्रहरी कार्यालयमा पुगेकी थिइन्। गए राति यसरी उनी पुगेपछि प्रहरीले थुमालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ।

घरायसी विवादको क्रममा धारिलो हसियाले प्रहार गरी नारायणको हत्या गरेपछि उनी  आफै इलाका प्रहरी कार्यालय पण्डौनमा पुगेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell