PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जापान जान लागेकी महिलाको झोलामा गोली भेटियो, विमानस्थलबाटै नियन्त्रणमा लिएर प्रहरीले थाल्यो अनुसन्धान



पहिलोपोस्ट

जापान जान लागेकी महिलाको झोलामा गोली भेटियो, विमानस्थलबाटै नियन्त्रणमा लिएर प्रहरीले थाल्यो अनुसन्धान
प्रतिकात्मक तस्बिर

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। तनहुँ भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

नेपाल एयरलाईन्सको उडानदेखि काठमाडौंबाट जापानको नारिता जान लागेकी उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गोली फेला पारेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell