PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एमालेले सिफारिस गर्‍यो हेटौंडा उपमहानगरमा वडा प्रतिनिधिहरुको नाम



निशा गुरुङ

एमालेले सिफारिस गर्‍यो हेटौंडा उपमहानगरमा वडा प्रतिनिधिहरुको नाम

हेटौंडा : आउँदो बैशाख ३० हुने हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले १० स्थानीय तहको १०२ वडामा वडा अध्यक्ष सहित सदस्यहरुको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ।

उम्मेदवारको टुंगो लगाएर २०७९ बैशाख १ बाट घरदैलो अभियान संचालन गर्ने तयारीमा एमाले मकवानपुर जुटेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा पुराना नेता उत्तमप्रसाद पौडेल सर्वसम्मत उम्मेदवार चुनिएका छन्। उक्त वडा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठको वडा हो। सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिलामा मनु दाहाल र दलित महिलामा ईश्वरी रसाइलीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। रसाइली र स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए।

वडा नम्बर-२ बाट वर्तमान वडा अध्यक्ष हरि राउत पुनः उम्मेदवार बन्ने भएका छन्। दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत चुनिएको छ। बाँकी खुला वडा सदस्य र महिला सदस्यहरुमा भने ८ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावती पनेरु, सीता तिमल्सिना र अञ्जु अधिकारी छन्।

हेटौंडा-३ मा बहालवाला वडा अध्यक्ष रामकुमार पुडासैनीसँगै परिश्रम बिडारीको नाम सिफारिस भएको छ। वडा नम्बर ४ मा एमाले मकवानपुर सचिव एवं बहालवाला वडाध्यक्ष नवीन सिग्देललाई सिफारिस गरिएको छ। वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउलालाई सिफारिस गरिएको छ। सिग्देल र श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने भएका छन्।

हेटौंडा-५ को वडा अध्यक्षमा सुशील घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको छ।  उक्त वडा उपमहानगर मेयर हरिबहादुर महतको वडा हो। सदस्यमा थापा, रामबहादुर राई, भगवती विक र रञ्जिता सिलवालको नाम सिफारिस भएको छ। थापा र विक यसअघिको निर्वाचनमा पनि निर्वाचित भएका थिए।

हेटौंडा-६ को वडा अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस भएका छन्। एमालेले राप्रपा नेपालसँग गठबन्धन गरे उक्त वडाबाट राप्रपा मकवानपुर अध्यक्ष गुरु सापकोटा उम्मेदवार हुने बताइएको छ। ७ नम्बर वडा कमिटीले बहालवाला अध्यक्ष राजन थापालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ। सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना विक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत भएका छन्। रिमाल जिल्ला समन्वय समिति सदस्य हुन्।

हेटौंडा–८ को अध्यक्षमा एमालेले बोलबहादुर कार्की, यशोदा उप्रेती र रमेशकुमार पौडेललाई सिफारिस गरेको छ। कार्की, एमाले हेटौंडा उपमहानगर सचिव हुन्। वडा सदस्य खुलामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशीला मल्ल र सुमित्रा पाण्डेको नाम सिफारिस भएको छ।

दलित महिला सदस्यमा कल्पना विक र ममता देउलाको नाम सिफारिस भएको छ। वडा सदस्यमा झरेका वडाध्यक्ष गोपाल श्रेष्ठ पनि जिल्ला समन्वय समितिमा दाबी गर्नेमा तयारीमा छन्।

एमालेले वडा नम्बर-९ मा नरेन्द्र भण्डारीसहित ३ जनाको नाम अध्यक्षमा सिफारिस गरेको छ। भण्डारीसँगै बहालवाला वडाअध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गरिएको छ। दुई जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस भएको छ। खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टीकाप्रसाद भट्टराई र सीताराम पौडेलको नाम सिफारिस भएको छ। महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ। लक्ष्मी नेपाली बहालवाला वडा सदस्य हुन्।

वडा नम्वर १० बाट एमालेले चार जनाको नाम वडा अध्यक्षमा सिफारिस गरिएको छ। बैठकले एमाले मकवानपुरका सचिवालय सदस्य फुर्वादोर्जे लामा सहित वर्तमान वडा अध्यक्ष कितापसिंह लामा, साधना श्रेष्ठ तथा धर्म बस्नेतको नाम अघि सारेको छ। बैठकले वडा सदस्य खुल्लातर्फ ईश्वर मैनाली र विमला लामा, महिला सदस्यमा रिताकुमारी लामा तथा दलित महिला सदस्यमा गोमा सुनारलाई सिफारिस गरेको छ।

त्यस्तै, हेटौंडा ११ मा वडा अध्यक्षको उम्मेद्वार चयन प्रक्रियामा एमाले हेटौंडा नगर अध्यक्ष शालिकराम पुडासैनी पराजित भएका छन्। वडा कमिटीको बैठकले वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको छ। सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ।

एमालेले हेटौंडा–१२ को अध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ। खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको छ। हेटौंडा-१३ मा नेकपा एमालेले वडा अध्यक्षको उम्मेदवारमा पेम्बा लामालाई सर्वसम्मत चयन गरेको छ। सदस्यहरुमा आशिष थापा, बुद्ध गोले, विष्णुमाया परियार र विष्णुमाया थिङ सर्वसम्मत रूपमा सिफारिस भएका छन्।

वडा नम्बर १४ मा वर्तमान वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य दीपक खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। खड्का नेकपा माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। हेटौंडा-१५ को अध्यक्षमा सुनील मोक्तानलाई उम्मेदवार सिफारिस भएको छ। सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलिततर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंहबहादुर लोलाई उम्मेदवार सिफारिस गरिएको छ। मुक्तान अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। उनी नेपाली कांग्रेसको उम्मेदवारसँग पराजित भएका थिए।

हेटौंडा-१६ मा वसन्तप्रसाद लामिछानेलाई वडा अध्यक्ष सिफारिस गरिएको छ। सदस्यमा खुलातर्फ राजेन्द्र गरञ्जा र कृष्णबहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा विश्वकर्मा र महिलातर्फ अस्मिता भुसाललाई उम्मेदवारका रुपमा सिफारिस गर्ने निर्णय भएको छ। वडा-१७ मा पनि बहालवाला वडा अध्यक्ष भैरव राई सर्वसम्मत भएनन्। अर्का आकांक्षीको पनि नाम सिफारिस गरिएको छ। हेटौंडा-१८ मा अनिलकुमार बानियाँलाई उम्मेदवार बनाउने तय भएको छ। उनी बहालवाला वडा अध्यक्ष हुन्।

सदस्यमा तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला सदस्यमा कल्पना कुइँकेल र दलित महिला सदस्यमा पूजा मग्रातीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको छ। हेटौंडा-१९ मा अध्यक्षका लागि ३ आकांक्षीको नाम सिफारिस भएको छ। बहालवाला वडा अध्यक्ष नरनाथ सुवेदी, रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस भएको हो। सदस्यमा दलित महिलामा शान्ति विक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell