PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

हत्या गरिएको श्रीमानको टाउको बोरामा हालेर पाँच घण्टा पैदल हिँडेर प्रहरी कहाँ पुगिन् चुमा



पहिलोपोस्ट

हत्या गरिएको श्रीमानको टाउको बोरामा हालेर पाँच घण्टा पैदल हिँडेर प्रहरी कहाँ पुगिन् चुमा

कैलाली: कैलालीमा श्रीमतीले  हँसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छिन्।

मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार ३२ वर्षीया चुमा थापामगरले श्रीमान् ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन्। आइतबार राति १२  बजेको समयमा दुई जनाबिच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

त्यसपछि श्रीमानको हत्या गरेकी चुमा आफैँ प्रहरी कार्यालय पुगेकी थिइन्। उनले श्रीमानको हत्या गरेको स्विकार्दै इलाका प्रहरी कार्यालय पण्डौनमा मृतकको टाउको बुझाएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनले श्रीमानको हत्या गरी टाउको बोरामा हालेर इलाका प्रहरी कार्यालय पण्डौनमा बुझाएकी अधिकारीले बताए।

राती ५ घण्टा पैदल हिँडेर उनी प्रहरी कार्यालय पुगेकी हुन्। अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ । चुमा र नारायणबिच लामो समयदेखि विवाद रहेको बुझिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell