PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बिस्केकमा फुटसल : ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भयो नेपाल

बिस्केकमा फुटसल : ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भयो नेपाल

पहिलोपोस्ट /पहिलोपोस्ट


बिस्केक : एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ताजकिस्तानसँग हार ब्यहोरेको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा नेपाली टोली ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो।

खेलको तेस्रो मिनेटमै आदिल हमिदले नेपाललाई अग्रता दिलाएका थिए। तर, ८ औं मिनेटमा ताजिकिस्तानका योरोभ इडरिसले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

खेलको १७ औं मिनेटमा ताजकिस्तानका योरोभ इड्रिस रेड कार्ड खाँदै बाहिरिएपछि ताजकिस्तान दवाबमा आएको थियो। पहिलो हाफको अन्तिम समयमा नेपाली टोलीका विजय श्रेष्ठले पनि रेड कार्ड खाँदै बाहिरिए। लगत्तै पाएको पेनाल्टीको अवसरमा ताजिकिस्तानका सरडोरोभ फयजली चुके। पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा भने नेपालले फितलो प्रदर्शन गर्दा ताजिकिस्तानले १० गोल थप्यो। ताजिकिस्तानका सरडोरोभ फैजालीले २५, ३१ र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा कुजिएभ उमिदले २१ र ३४ औं मिनेटमा, हालिमोभ शाभोएटले ३३ र ३४ औं मिनेटमा गोल गरे। त्यस्तै रिजोमोभ समन्दरले ३७ र ३८ औं मिनेटमा गोल गरे। त्यस्तै ३८ औं मिनेटमा इड्रिसले नै फेरि गोल गरे।

यसअघिको खेलमा नेपाली टोली उज्बेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको थियो। तेस्रो खेलमा भोली नेपाली टोली अफगानिस्तानसँग भिड्दैछ।



ट्रेन्डिङ पोस्ट

Ncell