PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चार वर्षे कार्यकाल सकेर घर फर्किँदै सशस्त्र प्रहरीका आइजी खनाल, अबको २१ दिने आइजी को बन्ला?



पहिलोपोस्ट

चार वर्षे कार्यकाल सकेर घर फर्किँदै सशस्त्र प्रहरीका आइजी खनाल, अबको २१ दिने आइजी को बन्ला?

काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज राति १२ बजेबाट अवकाश पाउँदै छन्। चार वर्षे कार्यकाल सकिएको कारण उनले अवकाश पाउन लागेका हुन्।

महानिरीक्षक खनालले २०७४ चैत २९ गते आइजीको कार्यभार सम्हालेका थिए। सशस्त्र प्रहरी कार्यालय हलचोकमा अहिले महानिरीक्षको विदाई कार्यक्रम भइरहेको छ। खनालको आधा कार्याकाल कोरोना भाइरस महामारीको अवस्था बिच नै बित्यो। खनालले विगत केही वर्षदेखि रोकिएको सरुवा, बढुवा,अभिवृद्धि विकास, सीमा सुरक्षामा प्रगति, अवैध सामानको पैठारी तथा निकासीमा कडाइ लगायत काममा सफलता हात पारेको दाबी गर्दै आएका छन्। उनी केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।

खनालले अवकाश पाइरहँदा सशस्त्र प्रहरीको नेतृत्व अब कसले गर्छ भन्ने टुङ्गो लागिसकेको छैन। अहिले आइजीको लागि दुई एआइजीहरू प्रतिस्पर्धामा रहेका छन्। खनालका व्याजीमध्येका पुष्पराम केसी र रामशरण पौडेलेमध्ये एक जना आइजी हुने छन्। वरियताको आधारमा केसी अगाडि छन्। तर, उनीहरूको आइजी रहने समय निकै कम छ।

उमेर हदको कारण उनीहरू दुवैले २१ दिन पछि अवकाश पाउनेछन्। जसकारण दुई मध्ये जो महानिरीक्षक बने पनि उसको कार्यकाल २१ दिनको हुनेछ। 

आसन्न निर्वाचनको मुखैमा दुईजना आइजी सशस्त्र प्रहरीमा परिवर्तन हुने छन्। वैशाख १९ गते उनीहरू मध्ये बन्ने एक जना महानिरीक्षकले पनि अवकाश पाउने छन्। आगामी मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक को बनाउने भन्ने निर्णय गर्नेछ।

निर्वाचनको मिति नजिकिँदै गर्दा सशस्त्र प्रहरी प्रमुख समयमा नै नियुक्त नहुँदा सुरक्षामा प्रभाव पर्ने देखिन्छ। त्यस्तै एक महिनाको अवधिमा नै दुई वटा महानिरीक्षक परिवर्तनले पनि केही नीति गत काम गर्न समस्या पर्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell