PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

वैशाख १० गते राति १२ बजेसम्म उम्मेदवार टुंगो लगाउँछौं : माधव नेपाल



पहिलोपोस्ट

वैशाख १० गते राति १२ बजेसम्म उम्मेदवार टुंगो लगाउँछौं : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट हुने बताएक छन्।

आज कुश्मामा आयोजित एक कार्यक्रमा उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको बताउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताएका हुन्।

नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको दाबी छ। एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका भन्दै उनले आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैजना प्रष्ट हुने उनले बताए।

उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको पनि बताए। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने उनको दाबी छ।

'गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ', नेपालले भने, 'उम्मेदवारबारे हामी छलफलमा रहेका छौं। ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ'।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell