PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अर्थतन्त्रमा संकटबारे योगेश भट्टराईको टिप्पणी : केही व्यक्तिको सन्कीपनले नीति भाँडियो



पहिलोपोस्ट

अर्थतन्त्रमा संकटबारे योगेश भट्टराईको टिप्पणी : केही व्यक्तिको सन्कीपनले नीति भाँडियो

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले केही व्यक्तिको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक अवस्था बिग्रिनुको पछि केही ‘सन्की व्यक्ति’ को हात रहेको बताएका हुन्।

नेपालमा आयात हुने सामानको संख्या उच्च रहेको भन्दै उनले विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको बताए।

‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्। केही मानिसहरुको अग्र्यल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन्। आज हामीसँग विदेशी मुद्राहरुको सिञ्चिति छैन, घटिरहेको छ। चिन्ता व्यक्त भइरहेको छ।,’ उनले भने।

भट्टराईले स्वदेशमै जनशक्ति उत्पादन गर्नुपर्ने बेला आइसकेको समेत बताए। शिक्षा र स्वास्थ्य क्षेत्रको बिग्रिदो अवस्थाका कारण धेरै मानिस बाहिरिएको भन्दै उनले भने ‘विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन्। त्यसले हाम्रो मुद्रा कति बाहिरिएको छ? के हामीले यसको कुनै आँकलन गरेका छौं ? जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell