PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

एकीकृत समाजवादीका उपमहासचिव भन्छन् : विदेशमा रहेका नेपालीलाई ५-७ डलर बैंकमा जम्मा गर्न लगाऔं



पहिलोपोस्ट

एकीकृत समाजवादीका उपमहासचिव भन्छन् : विदेशमा रहेका नेपालीलाई ५-७ डलर बैंकमा जम्मा गर्न लगाऔं

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सरकारसँग अझै विदेशी मुद्रा सञ्चित भएको बताएका हुन्।

उनले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको बताए। विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरिए आर्थिक संकटको समाधान हुने उनको दाबी छ।

‘विदेशमा आफन्त भएकाहरुलाई स्रोत नखोजी ५-७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell