PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

जातीय पहिचानका लागि राजनीतिको रस बुझ्न पर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ



पहिलोपोस्ट

जातीय पहिचानका लागि राजनीतिको रस बुझ्न पर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ
तस्विर : रासस

काठमाडौं : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताएका छन्। चितवनमा तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले गुरुङ समुदाय पछि परेको बताए।

जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो।

‘यो समुदायले राजनीतिमा पहुँच बढाउन आवश्यक छ, राजनीतिक दलभित्र रहेर संघर्ष गर्नुपर्छ। राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्नुपर्छ,’ उनले भने।

महाधिवेशन मंगलबारसम्म चल्ने छ। महाधिवेशनमा सहभागी हुन ६५ जिल्लाका झण्डै एक हजार प्रतिनिधि चितवन आएका छन्। महाधिवेशनले तीनवर्षे कार्यकालका लागि ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell