PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका शशांक कोइरालालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका शशांक कोइरालालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालाई स्पष्टीकरण सोधेको छ। नवलपरासीबाट प्रतिनिधिसभा सांसद रहेका कोइरालाले एक कार्यक्रममा निर्वाचन खर्च बोलेका कुरालाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको हो।  

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले कोइरालाको चुनाव खर्चबारे प्रश्न उठेको भन्दै स्पष्टीकरण सोधिएको जानकरी दिएका हुन्।

उम्मेद्वारले गर्न पाउने चुनाव खर्च २५ लाख भए पनि कोइरालाले सार्वजनिक कार्यक्रममा ६ करोड खर्च गरेको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर आयोगले ७ दिन भित्र उनलाई जवाफ पेश गर्न भनेको हो।

'आयोगमा २१ लाख खर्च भएको विवरण छ। ६ करोड खर्च भएको भन्ने विषय के कसो हो ७ दिन भित्र जवाफ दिन भनिएको छ,' शर्माले भने।

'अफ ड रेकर्ड' भन्दै कोइरालाले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा भनेका थिए, 'चुनावमा ८० हजार, दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड खर्च भयो। ल भन्नुस तपाईँ कोही लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट? तपाईँले कम्तिमा ६/७ करोड खर्च गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell