PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एकीकृत समाजवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

एकीकृत समाजवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ।

आसन्न स्थानीय तह निर्वाचनको आचारसंहिता जारी भइसकेपछि एकीकृत समाजवादीले चैत २६ गते काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको आमसभामा आचार संहिता उल्लंघन भएको गुनासो आएको आयोगले जनाएको छ। 

आयोगले तीनदिन भित्र जवाफ पेश गर्न एकीकृत समाजवादीलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

'एकीकृत समाजवदीले भृकुटीमण्डपमा गरेको आमसभामा आचार संहिता उल्लंघन गरेको भन्ने आम संचार र समाजिक संजालमा गुनासो आएकोमा के कसो भएको हो तीन दिन जवाफ माग गरिएको छ,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell