PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

जगदिशको 'लैजाउँला कान्छी' गीतको भिडियोमा आर्यन र नम्रताको अभिनय



पहिलोपोस्ट

जगदिशको 'लैजाउँला कान्छी' गीतको भिडियोमा आर्यन र नम्रताको अभिनय

काठमाडौं : गायक जगदिश समालको स्वरमा ‘लैजाउँला कान्छी’ बोलको गीत सार्वजनिक भएको छ। हरि सुजीको शब्द रहेको गीतमा पूर्ण लामिछानेले संगीत भरेका छन्। जगदिशको स्वर रहेको गीतका एरेन्जर आशिष अविरल हुन्।

विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा नक्षत्र प्रोडक्शनको प्रस्तुती तथा लगानी रहेको छ। गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको छ।

सार्वजनिक गीत ‘डान्सिंग प्याटर्न’मा रहेको छ। ‘डान्सिंग प्याटर्न’ समालले बिरलै गाउने गीतको शैलिमा पर्छ। हरि हुमागाईंको छायाङ्कन रहेको गीतमा विकास दाहालको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell