PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सन् २०२२ को पहिलो त्रैमासमा भित्रिए ७८ हजार बढी विदेशी पर्यटक, गत वर्षभन्दा १३८% ले वृद्धि



पहिलोपोस्ट

सन् २०२२ को पहिलो त्रैमासमा भित्रिए ७८ हजार बढी विदेशी पर्यटक, गत वर्षभन्दा १३८% ले वृद्धि

काठमाडौंः सन् २०२२ को पहिलो त्रैमासमा नेपाल भ्रमणमा आउने पर्यटको संख्या ७८ हजार नाघेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष विदेशी पर्यटक आगमन १३८.९५ प्रतिशतले वृद्धि भएको तथ्यांक शर्माले प्रस्तुत गरे। मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक भित्रिएको उनले बताए।सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री शर्माले मुलुकको पर्यटन क्षेत्रलाई थप विस्तार गर्दै अगाडी बढ्ने बताएका छन्।

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै हवाई यातायात सहज भएपछि पछिल्लो समय मुलुकको पर्यटकीय गतिविधि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell