PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पाँच देशका राजदूतले राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र



पहिलोपोस्ट

पाँच देशका राजदूतले राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। 

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूतले  प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

अष्ट्रियाबाट क्याथरिना विजर, हङ्गेरीबाट आन्द्रेस लाज्लो किराली, अर्जन्टिनाबाट ह्युगो हाभियर गोबी, क्यानडाबाट क्यामरुन डीन म्याके र डोमिनिकन गणतन्त्रबाट डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

उनीहरू सबैजना भारतका लागि आवसीय राजदूत हु्न् र नयाँदिल्लीबाटै नेपाल मामिला सम्हाल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell