PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील



पहिलोपोस्ट

मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील

हेटौँडाः मकवानपुरका १९ मतदानस्थल अति संवेदनशीलमा सूचीकृत गरिएको छ। सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदानस्थल संवेदनशील र बाँकी ८६ सामान्य अवस्थाका छन्।

मकवानपुरका १६५ मतदानस्थल अन्तर्गत ३५६ मतदान केन्द्र कायम छन्। जिल्लामा स्थानीय तहको निर्वाचन भयरहित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा सुरक्षा व्यवस्था अपनाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।

स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको पाण्डेले बताए। विशेष सुरक्षा योजनाका आधारमा जिल्लाका करिब ४० प्रतिशत बढी मतदानस्थल तथा मतदान केन्द्र निरीक्षण गर्ने कार्य सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको उनको भनाई छ।

निर्वाचनका लागि एक हजार ४७३ म्यादी प्रहरी छनोट गरी तालिम प्रदान गर्ने कार्य प्रारम्भ गरिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell