PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वाग्मती प्रदेशमा ५ दलीय गठबन्धनबीच सहमति, आवश्यकता हेरेर वडासम्म तालमेल



निशा गुरुङ

वाग्मती प्रदेशमा ५ दलीय गठबन्धनबीच सहमति, आवश्यकता हेरेर वडासम्म तालमेल

हेटौँडाः स्थानीय तह निर्वाचनको लागि वाग्मती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमतिमा पुगेको छ।

प्रदेशका ११९ पालिका र एक हजार १२१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए।

आइतबार र सोमबार दुई दिन काठमाडौँमा बसेको बैठकमा प्रदेशका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),  जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रमुखहरुको उपस्थिति थियो ।

गठबन्धन आवद्ध दलले आ-आफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन्। जिल्लामा साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell