PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेसका दुई गुट चुनावी प्रतिस्पर्धामाः एकलाई एमाले अर्कोलाई माओवादीको साथ



पहिलोपोस्ट

सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेसका दुई गुट चुनावी प्रतिस्पर्धामाः एकलाई एमाले अर्कोलाई माओवादीको साथ

सुर्खेतः सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि वृहत लोकतान्त्रिक साझा समूह र संयुक्त व्यवसायिक प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

वैशाख ४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा नेपाली कांग्रेस निकट व्यवसायी दुवै जना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निकटका हर्षविक्रम खड्का र नेता शेखर कोइराला समूहका लक्ष्मण कँडेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

वृहत लोकतान्त्रिक साझा समूहबाट अध्यक्ष बनेका  खड्का वर्तमान वरिष्ठ उपाध्यक्ष हुन भने संयुक्त व्यवसायिक प्यानलबाट उम्मेदवार बनेका कँडेल महासचिव हुन्। खड्का समूहलाई नेकपा (माओवादी केन्द्र) ले पनि सघाएको छ। कँडेल पक्षलाई नेकपा (एमाले) ले सघाएको छ। नेकपा (एकीकृत समाजवादी) निकट व्यवसायी भने दुईतिर विभाजित बनेका छन्।

यी हुन पदाधिकारी उम्मेदवार

कँडेलको संयुक्त प्यानलको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सह-कोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेदवारी दिएका छन्।

वृहत लोकतान्त्रिक साझा समूहबाट वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी, उपमहासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे्, सह-कोषाध्यक्षमा सूर्य केसीले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell