PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रसिया युक्रेन युद्धको ४७ औं दिन : ४० लाख भन्दा बढी बालबालिका विस्थापित



पहिलोपोस्ट

रसिया युक्रेन युद्धको ४७ औं दिन : ४० लाख भन्दा बढी बालबालिका विस्थापित
Photo : Getty Images

रसिया र युक्रेन युद्धको आज ४७ औं दिन पुगेको छ। युद्धका कारण युक्रेनबाट हालसम्म ४५ लाख भन्दा बढी मानिस पलायन भइसकेका छन्। सबैभन्दा धेरै मानिस छिमेकी राष्ट्र पोल्याण्डमा शरण लिन पुगेका छन्। त्यहाँ हालसम्म २५ लाख भन्दा बढी मानिस प्रवेश गरिसकेका छन्।

यस्तै, रोमानिया, मोलडोभा, रसिया, स्लोभाकियामा पनि लाखौं युक्रेनी शरण लिन पुगेका छन्। बेलारुसमा करिब २० हजार युक्रेनी नागरिक शरण लिन पुगेको संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीले जनाएको छ।

युद्धका युक्रेनमा लाखौं बालबालिकाहरु विस्थापित भएको युनिसेफले जनाएको छ। युक्रेनमा कुल ७० लाख ५० हजार बालबालिकामा ४० लाख ८० हजार विस्थापित भएका छन्।

धेरै संख्यामा बालबालिकाहरु सीमावर्ती देश पुगेका छन्। युक्रेनबाट पलायन हुनेमा धेरैजसो महिला र बालबालिका छन्। १८ देखि ६० वर्षका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। उनीहरु युक्रेनमा रसियाली सेनाविरुद्ध लड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell