PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आज मेलम्चीको उद्घाटन : सुरुङमा पानी पठाइने, काठमाडौंमा पानी आउन भने अझै दुई साता लाग्ने



पहिलोपोस्ट

आज मेलम्चीको उद्घाटन : सुरुङमा पानी पठाइने, काठमाडौंमा पानी आउन भने अझै दुई साता लाग्ने

काठमाडौं : मेलम्चीको पानी आजबाट सुरुङमा पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी सुरुङमा पठाउने तयारी भइसकेको जनाएको हो।

समितिका सिनियर डिभिजन इन्जिनियर पद्‍मबहादुर कुँवरले सुरुङ र हेडवर्क्स् सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए। केही काम बाँकी भए पनि सुरुङ र हेडवर्क्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन  लागिएको उनले बताए।

अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो। इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ।

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell