PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट दुई युवक पक्राउ



रासस

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट दुई युवक पक्राउ
फाइल फोटो।

जनकपुर : अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० बर्षीय इन्द्रेश कुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका-१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेको प्रहरीले जनाएको छ।

हातहतियार बोकी ज ७ प ७९३२ नम्बरको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell