PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

स्थानीय निर्वाचन : वीरगंजका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिँदै



पहिलोपोस्ट

स्थानीय निर्वाचन : वीरगंजका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिँदै
FILE PHOTO

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए। सीमा क्षेत्रमा  हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने प्रहरीको मुख्य योजना छ।

जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि सहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मातहतमा इलाका प्रहरी कार्यालय (क क्षेणी) तीन, इलाका प्रहरी कार्यालय (ख क्षेणी) सात, वडा प्रहरी दुई, सीमा प्रहरी चौकी तीन, प्रहरी चौकी २८ र अस्थायी प्रहरी पोष्ट १२ गरी कूल ७१ प्रहरी युनिट छन्। नेपाल प्रहरीतर्फ जिल्लाभरि कूल एक हजार १६७ दरबन्दी रहेको यस जिल्लामा हाल ९४३ प्रहरी कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell