PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?



पहिलोपोस्ट

भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?
Photo : Geo News

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन्। इमरान खानमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित भएपछि शरीफ पाकिस्तानका प्रधानमन्त्री बनेका हुन्।

सोमवार राति शरीफले पाकिस्तानका २३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिए। सन् २०१८ को आम निर्वाचनमा शहबाज पीएमइएल- एन पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार थिए। सो निर्वाचनमा तहरीक एक इन्साफ(पीटीआइ) सबैभन्दा ठूलो पार्टी बन्यो र इमरान खान प्रधानमन्त्री बने। पराजति हुँदा पनि शहबाज विपक्षी दलका नेता चुनिएका थिए।

उनै शहबाजले खानलाई सरकारबाट हटाएका छन्। खानले भने विदेशी शक्तिको सहयोगमा आफ्नो सरकारविरुद्ध कदम चालिएको बताउँदै आएका छन्।

शहबाज प्रधानमन्त्री बनेपछि पूर्व प्रधानमन्त्री नवाज शरीफ स्वदेश फर्किने हल्ला अहिले पाकिस्तानमा चलेको छ। भ्रष्टचार मुद्दामा दोषी ठहर भएका शरीफ हाल बेलायतमा छन्। सन् २०१९ मा अस्वस्थ भएपछि इमरान खान सरकारले उनलाई उपचारका लागि बेलायत जान अनुमति दिएको थियो। नवाजलाई अदालतले दुई छुट्टाछुट्टै मुद्दामा ७ वर्ष र ११ वर्षको जेल सजाय सुनाएको थियो। खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि शरीफले पाकिस्तानले मुक्ति पाएको प्रतिक्रिया दिएका थिए। २०१९ मै लाहोर उच्च अदालतले उनलाई सुनाइएको सजायलाई स्थगित गर्दै उनलाई विदेश जान अनुमति दिएको थियो।

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेताहरुले पार्टी सुप्रिमो नवाज छिट्टै पाकिस्तान फर्किने बताइरहेका छन्। जियो न्यूजका अनुसार नवाज इद पछि अर्को महिना स्वदेश फर्किने सम्भावना रहेको छ।

नवाज स्वदेश फर्किएपछि कानुनी प्रक्रियामा सहभागी हुने पार्टीका नेताहरुको दाबी छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell