
काठमाडौं : भक्तपुरमा सवारी दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ।
आज बिहान साढे ४ बजेतिर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक स्थितमा साँगाबाट जगातीतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२-०२१ प ६७६२ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकल चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय बुद्ध तामाङ, पछाडि सवार उनकी श्रीमती २१ वर्षीय सुस्मिता तामाङ र ४ महिनाकी बालिका घाइते भएका थिए। बाबुआमाको उपचारको लागि डा ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो। बिहानै उनीहरूको डिस्चार्ज भएको थियो।
तर, गम्भीर घाइते भएकी उनीहरूकी ४ महिनाकी छोरी लोसाङ डोल्मा तामाङको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।