PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सान्त्वना जितको खोजीमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

सान्त्वना जितको खोजीमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै
फाइल फोटो

बिस्केक: नेपाली फुटसल टोलीले एएफसी फुटसल एसियन कप छनोटमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

नेपाली टोली आजको खेलमा सान्त्वना जितको खोजिमा हुनेछ। यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले भने उज्बेकिस्तानसँग पराजय र ताजकिस्तानसँग बराबरी खेलेको थियो।

एकमहिनाको तयारी पछि कीर्गिस्तान आएको नेपाली टोलीले दुई मैत्रीपूर्ण र प्रतियोगिताका दुई खेल खेल्दा सबैमा पराजय ब्यहोरेको छ। र, प्रतियोगिताबाट बाहिरिसकेको छ। अफगानिस्तानले भने प्रतियोगिताको अभ्यास इरानमा गरेको थियो। जहाँ अफगानिस्तानले त्यहाँका शीर्ष क्लब र राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell