PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एमालेले टुंग्यायो नेपालगञ्ज उपमहानगरको उम्मेदवार : प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्ति ढकाल



पहिलोपोस्ट

एमालेले टुंग्यायो नेपालगञ्ज उपमहानगरको उम्मेदवार : प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्ति ढकाल

बुटवल : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र र उपमेयरमा केन्द्रीय सदस्य शान्ति ढकाललाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जानकारी दिए।

लामो समयदेखि हृदयेश त्रिपाठीको समूहमा रहेका मिश्र गत मंसिर १ मा एमालेमा प्रवेश गरेका थिए। मिश्र मेयरको उम्मेदवार हुने पक्का गरेर नै एमाले प्रवेश गरेको बताइन्छ।

मिश्र २०७४ साल को निर्वाचनमा त्रिपाठी समूहमै रहेर सूर्य चुनाव चिह्नबाट बाँके क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए। उनि मधेस आन्दोलनपछि तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भई सह महामन्त्रीसमेत बनेका थिए ।

त्यस्तै एमाले नेतृ ढकाललाई भने पार्टीले यसपटक पनि उपमेयरकै उम्मेदवार बनाउन सिफारिस गरेको छ।

२०७४ को स्थानीय चुनावमा पनि ढकाल उपमेयरकी उम्मेदवार थिइन्। उनलाई पूर्व एमाले नेता वामदेव गौतम निकट मानिन्छ। वामदेव एमालेबाट छुट्ट पनि उनी भने एमाले मै रहेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell