PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

काठमाडौं भूमाफियाको कब्जामा पर्‍यो, नियन्त्रण नगरे राजधानीमा खाली ठाउँ बांकी हुन्न : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

काठमाडौं भूमाफियाको कब्जामा पर्‍यो, नियन्त्रण नगरे राजधानीमा खाली ठाउँ बांकी हुन्न : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन्।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै देउवाले खाली जग्गाहरु अतिक्रमणमा परेको बताएका हुन्।

उनले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए। साथै, अतिक्रमणलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने चेतावनी दिए।

‘कुरा भूमाफियाहरुले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन्। जसले पनि आफ्नो नाममा गरेका छन्। यसमा पनि ध्यान दिनुपर्नेछ। नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन्,’ उनले भने।

देउवाले आजको कार्यक्रममा पनि काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै बताए। उनले फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताए। केही दिन अघि पनि देउवाले काठमाडौंको फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए।

फोहोर व्यवस्थापन हुन नसक्दा लाजमर्दो अवस्था सिर्जना भएको उनले बताए।

‘अहिले काठमाडौंमा जुन किसिमाको फोहोर नै फोहोर छ। व्यवस्थापन भएको छैन। फोहोर व्यवस्थापन गर्न जरुरी छ’ उनले भने, ‘ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ। विदेशी राजदुतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell