PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिए शपथ



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिए शपथ

काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाई शपथ दिलाएका हुन्।

शपथपछि तिमिल्सिनाले दाहाललाई संघीय संसद्को लोगो प्रदान गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्। नारायणप्रसाद नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell