PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

मोरङमा भेडियारी शहर पुरिएको झलनाथको दाबी : ‘अनुसन्धान गरौं, ओलीले जस्तै बोल्न भएन नि’



पहिलोपोस्ट

मोरङमा भेडियारी शहर पुरिएको झलनाथको दाबी : ‘अनुसन्धान गरौं, ओलीले जस्तै बोल्न भएन नि’
तस्विर : रासस

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शहरहरुलाई व्यवस्थित गर्न दीर्घकालीन रणनीति बनाउनु पर्ने बताएका छन्। शहरी विकास मन्त्रालयले आज राजधानीमा आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले शहरहरुको अव्यवस्थित भएको भन्दै पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।

‘अहिले सम्म अव्यवस्थित र योजना बिहीनढंगले अघि बढ्यौं। सभ्यताको विकास भयो तर दुर्दशा छ। विकासको प्रक्रियालई अघि बढाउन समन्‍वय गर्नुपर्छ’ उनले भने।

उनले मोरङमा भेडियारी भन्ने प्राचीन शहर पुरिरहेको अवस्थामा रहेको दाबी गरे। विराट राजाको समयमा त्यहाँ दरबार निर्माण भएको कथन रहेको उनले बताए।

‘मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँ छ। त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ। त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ। त्यो कुन कालखण्डको शहर हो ? मान्छेहरुले के भन्ने गरेका छन् भने त्यो विराट राजाको दरवार हो भन्ने गरेका छन्’ उनले भने।

उनले भेडियारी शहरका बारेमा अध्ययन गर्नुपर्ने बताए। तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तै कुनै अध्ययन बिना दाबी गरेर हिँड्न नहुने बताए।  

‘त्यहाँ ठुलो शहर भएको हो कि होइन? हामीले अनुसन्धान नगरीकन पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले जस्तो अयोध्या राम जन्मेको अयोध्या, चितवनमा भन्नु त भएन। तर त्यो यथार्थ हो’ उनले भने।

यस्तै उनले नेपालका कयौं स्थानमा पुराना शहरहरु पुरिएको भन्दै तिनीहरुको अनुसन्धान र खोजी हुन आवश्यक रहेकोमा जोड दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell