PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

राजदूत नियुक्ति समावेशी भएन, गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन :शेखर कोइराला



पहिलोपोस्ट

राजदूत नियुक्ति समावेशी भएन, गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन :शेखर कोइराला

काठमाडौंः नेपाली काँग्रेसका नेता शेखर कोइरालाले राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनले आज नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा शेखरले यस्तो बताएका हुन्। उनले तालमेल मिलेन भन्दैमा अर्थमन्त्रीले निलम्बन गर्नु गैर जिम्मेवारीपन भएको बताएका हुन्। उनले अहिले देशको अर्थतन्त्र ओरालो लागेको अवस्था भएको बताएका थिए।

'अर्थमन्त्री र गभर्नरको खटपट विश्वभर हुन्छ नै। विलासिताको सामान खरिद नगर्नुस् भनेको हो गभर्नरले, सुपारीको आयात किन चाहियो नेपालमा, मरिचको आयात किन चाहियो। यस्तो रोक्न खोज्दा गभर्नरलाई अनाहक किसिमले निलम्बन गर्नु गैर जिम्मेवारी हो।' नेता कोइरालाले भने।

नेता कोइरालाले स्थानियतहको उम्मेदवार केन्द्रबाट तोक्न थाले काँग्रेसलाई त अप्ठ्यारो पर्ने समेत बताए। यसले सत्ता गठबन्धन लाई पनि असर गर्ने नेता कोइरालाको बुझाइ थियो। उनले राजदुत नियुक्ति समावेशी नभएको समेत बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell