PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कांग्रेसले भन्यो : स्थानीय तहमा तालमेल गर्न सजिलो छैन, एमालेका अर्थमन्त्रीको अभिव्यक्ति भ्रमपूर्ण



पहिलोपोस्ट

कांग्रेसले भन्यो : स्थानीय तहमा तालमेल गर्न सजिलो छैन, एमालेका अर्थमन्त्रीको अभिव्यक्ति भ्रमपूर्ण

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले चुनावी तालमेल गर्न सत्ता गठबन्धनमा कठिनाइ भइरहेको बताएका छन्। सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले प्रतिनिधि र राष्ट्रिय सभाको जस्तो स्थानीय तहमा तालमेल गर्न सहज नभएको बताएका हुन्

'निर्वाचनका मुखमा छौं। प्राविधिक कठिनाइ छन्। तालमेल मिलाउने कुरा जटिल छन्। केही समय लागेको छ। तर कहाँ कहाँ कसरी तालमेल गर्ने हो थाहा पाउनु हुनेछ,'महतले भने।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधनलाई 'डिरेल' गरेको अवस्थामा अहिले नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारले ठिक ठाउँमा ल्याएको दाबी गरे। कांग्रेस नेतृत्वको सुझबुझपूर्ण निर्णयले अहिलेको संविधान रक्षा भएको उनले बताए।

देशमा देखिएको आर्थिक संकटबारे नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरुले भ्रमपूर्ण रुपमा अभिव्यक्ति दिएको महतको आरोप छ। उनले कांग्रेसले केही दिनमै देशको अर्थतन्त्रबारे धारणा सार्वजनिक गर्ने बताए। एमालेका अर्थमन्त्रीहरुले ओली नेतृत्वको सरकार ठिक गरेको र  देउवा नेतृत्वको सरकारले अर्थतन्त्रलाई खतम गरेको भन्नु 'झुटो' भएको उनले बताए। महतले ओलीको समयमा देश ऋणमा बढेको दाबी गरे।

महतले निर्वाचन लक्षित 'घरघर जाऔं, काँग्रेस जिताऔं' अभियान सफल भएको दाबी गरेका छन्। उनले अभियानका क्रममा हजारौं टोल समिति गठन भएको समेत बताए। कांग्रेसले फागुन २९ बाट एक महिने अभियान संचालन गरेको थियो। जसमा ओली सरकारको भ्रष्ट कामको भण्डाफोर गर्ने र मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को भ्रम निवारण गर्ने लगायतका ८ उद्धेश्य पूरा भएको महतले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell