PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

तनहुँको भिमाद र घिरिङमा उम्मेद्वार सिफारिस गर्न एमालेले गर्‍यो मतदान



रासस

तनहुँको भिमाद र घिरिङमा उम्मेद्वार सिफारिस गर्न एमालेले गर्‍यो मतदान
फाइल फोटो।

दमौली : नेकपा (एमाले) भिमाद नगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेद्वार छनोटका लागि मतदान गरेको छ। प्रमुख पदका लागि आठ जना आकांक्षी भएपछि भिमाद नगर कमिटीले आज मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।

मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेद्वारका लागि सिफारिस भएका छन्। थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन्। वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे।

यसैगरी, उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन्। एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः दुई पुरुष र एक महिला उम्मेद्वार सिफारिस गर्नुपर्ने प्रावधान थियो। सबै उम्मेद्वारबिच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत् उम्मेद्वार सिफारिस गरिएको बताइएको छ।

घिरिङ गाउँपालिकामा पनि उम्मेद्वार सिफारिसका लागि मतदान भएको छ। एमालेले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार सिफारिस गरेको हो। अध्यक्षमा दश जना आकांक्षी भएपछि गाउँ कमिटीले मतदानमार्फत् उम्मेद्वारको टुङ्गो लगाएको हो।

अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन्। उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस भएकी छिन्। त्यस्तै, दुर्गा थापा, सुकमाया गुरुङ र राधा अधिकारी पनि सिफारिस भएका छन्।

ऋषिङको अध्यक्षमा चार आकांक्षी

ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि एमालेका चार जनाले दावी गरेका छन्। गाउँपालिकाको बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका हुन्।

गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कँडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गन्जसिं गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गरेका छन्। यस्तै, उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकांक्षा व्यक्त गरेका छन्।

व्यासमा १२ जना आकांक्षी

व्यास नगरपालिकाको प्रमुखमा एमालेबाट १२ जना आकाङ्क्षी देखिएका छन्। एमाले व्यास नगर कमिटीको सोमवार आयोजित बैठकमा नगर प्रमुख पदमा १२ जनाले आकांक्षा व्यक्त गरेका हुन्।

नगर प्रमुखका लागि राजेन्द्र कार्की, रत्नकुमार श्रेष्ठ, ईश्वर बहादुर विष्ट, कुलबहादुर थापा, दीपेन्द्र राज शाही, अनिल पाण्डे, देवीबहादुर बस्नेत, दीर्घबहादुर दरै, प्रदीप अधिकारी, तुल्सीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुसालले आकांक्षा व्यक्त गरेका छन्। त्यस्तै, उपप्रमुखका लागि बसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दावी गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell