.jpg)
काठमाडौं : बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन्। बीमा समितिको कार्यालयमा आयोजित कार्यक्रममा सिलवालले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा अर्थमन्त्री तथा अर्थमन्त्रालयका सचिवलगायत पदाधिकारीहरुसँग निरन्तर छलफल भैरहेको जानकारी दिए।
भने, 'यो समस्याबारे एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा म विश्वस्त छु।' उनले यस विषयका बारेमा बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको समेत जानकारी दिए।
अध्यक्ष सिलवालले चालू आर्थिक वर्षमा बीमा दाबी फर्स्यौट उल्लेखनीयरुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीहरुमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको पनि बताए।
करिब डेढ वर्षभन्दा बढी समयसम्म बीमितले कोभिड दाबी भुक्तानी रकम पाउन सकेका छैनन्।
सम्बन्धित समाचार : कोरोनाको बीमा वापतको पैसा पाउनु भएन? कम्पनीहरु यसरी तपाईँलाई छल्ने दाउमा छन्