PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भरतपुर महानगरको प्रमुखमा कांग्रेसका २५ जना आकांक्षी, उपप्रमुखमा २४ जनाको दाबी



पहिलोपोस्ट

भरतपुर महानगरको प्रमुखमा कांग्रेसका २५ जना आकांक्षी, उपप्रमुखमा २४ जनाको दाबी

काठमाडौं : भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन्। वैशाख ३० गते हुने तय भएको स्थानीय निर्वाचनमा प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जना आकांक्षीले महानगर नगर समितिमा नाम दर्ता गराएका छन्।

महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन्।

कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, उपप्रमुख पार्वती शाह ठकुरी, पूर्व जिल्ला सचिव उत्तम जोशी, निवर्तमान कोषाध्यक्ष शंकर कँडेल, प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी र निर्वतमान महानगर सभापति भरत अधिकारी महानगरपालिकाको प्रमुख पदमा आकांक्षी देखिएका छन्।।

यस्तै पूर्व सांसद जगन्नाथ पौडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मीना कुमारी खरेल, सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हीरामणि अधिकारी र घनश्याम दवाडी पनि महानगर प्रमुखको आकांक्षी छन्।

उपप्रमुख पदका लागि २४ जना आकांक्षी देखिएका छन्। टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवी भद्र शर्मा खनालले उपप्रमुख पदमा दाबी गरेका छन्।

यस्तै निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, विनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीले पनि आकांक्षा राखेका छन्।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्षेत्रबाट सिफारिस भई आएका नामलाई पार्टीको विधान अनुसार केन्द्रमा पठाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell