
काठमाडौं : समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर रहेको ‘नो मनी फन्फनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ।
महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ। भिडियोमा पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएका छन्।
यो गीत छायाङ्कन गर्दा भक्तपुरको एउटा चोकको नाम नै ‘नो मनी चोक’ बनाइएको निर्देशक निरौलाले बताए। शुशील डाँगीले छायाङ्कन गरेको गीतको भिडियोलाई निराजन केसीले सम्पादन गरेका छन्।