PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

सत्ता गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे छलफल हुँदै



पहिलोपोस्ट

सत्ता गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे छलफल हुँदै
फाइल फोटो

काठमाडौं : चुनावी भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

आजको बैठकमा कुन स्थानीय तहमा कुन दलका उम्मेदवार लाई दिने भन्नेबारे टुंगो लाग्ने नेताहरुले बताएका छन्। बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।

सोमवार गठबन्धनको बैठकले साझा अपिल जारी गरेको थियो भने गठबन्धनको मोडालिटीबारे पनि छलफल गरेको थियो। केही ठाउँमा चुनावी तालमेलबारे सहमति नजिक पुगिसकिएको गठबन्धनका नेताहरुको भनाइ छ। स्थानीय तहमा गठित संयन्त्रले गरेको रिपोर्टिङका आधारमा सत्तारुढ दलहरुले चुनावी तालमेल गर्ने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell