PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति



पहिलोपोस्ट

स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा नेपाली सेनालाई खटाउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्।

राष्ट्रपतिको कार्यालयले मङ्गलवार विज्ञप्ति जारी गर्दै सेना परिचालनका लागि स्वकृति दिएको जानकारी दिएको हो।

'स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८' मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ गते सिफारिस गरिएको थियो। यस्तै, मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णयको सिफारिस बमोजिम स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

वैशाख ३० गते हुने निर्वाचनको सुरक्षालाई ध्यान दिएर नेपाल प्रहरीले पनि एक लाख म्यादी प्रहरीको भर्ना गरी तालिम दिइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell