PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाली फुटसल टोली अफगानिस्तानसँग पराजित



पहिलोपोस्ट

नेपाली फुटसल टोली अफगानिस्तानसँग पराजित

बिस्केक: नेपाली फुटसल टोली अफगानिस्तानसँग पराजित भएको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली ८-१ गोलअन्तरले पराजित भएको हो। 

यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले भने उज्बेकिस्तानसँग पराजय र ताजकिस्तानसँग बराबरी खेलेको थियो।

एकमहिनाको तयारी पछि कीर्गिस्तान आएको नेपाली टोलीले दुई मैत्रीपूर्ण र प्रतियोगिताका दुई खेल खेल्दा सबैमा पराजय ब्यहोर्‍यो।

नेपाली टोली बुधवार स्वदेश फर्कँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell