PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्वाचन हाम्रो लागि लडाइँ हो, माओवादी जिते राष्ट्रले जित्छ : प्रचण्ड



पहिलोपोस्ट

निर्वाचन हाम्रो लागि लडाइँ हो, माओवादी जिते राष्ट्रले जित्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो। यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो’, दाहालले भने, ‘अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाइँ हो।’

संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै दाहालले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको दाबी गरे। ‘अन्य दललाई परिवर्तनको माया छैन।  हामी यही व्यवस्थाबाट जनताको समृद्धि होस् भन्नेमा छौँ’, उनले भने।               

उनले माओवादी जितेमात्रै राष्ट्रले जित्ने समेत बताए। निर्वाचनको समय नजिक आइसकेको भन्दै उनले निर्वाचन भीषण तयारीमा लाग्न निर्देशन समेत दिए।

‘अब हामी एक भएका छौँ। हामीले ब्याटल जित्नुपर्छ, माओवादीले निर्वाचन जित्नु राष्ट्र, परिवर्तन, गणतन्त्र, सङ्घीयताले जित्नु हो’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell