PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

वैशाख २४ गते आस्था गिलले काठमाडौंमा सांगीतिक प्रस्तुति दिने



पहिलोपोस्ट

 वैशाख २४ गते आस्था गिलले काठमाडौंमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं : बलिउड गायिका आस्था गिलको आगामी वैशाख २४ गते शनिबार (मे ७) मा काठमाडौं आउने भएकी छिन्। दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कन्सर्टमा उनले सांगीतिक प्रस्तुती दिनेछिन्।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन्।

फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट गायनमा होमिएकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell