PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

स्थानीय निर्वाचनमा भागबन्डाबारे टुंगो लगाउन गठबन्धनले दियो वैशााख ४ गतेसम्मको भाका



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा भागबन्डाबारे टुंगो लगाउन गठबन्धनले दियो वैशााख ४ गतेसम्मको भाका
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनको बैठकले जिल्ला संयन्त्रहरुलाई वैशाख ४ गते सम्म चुनावी भागबन्डाबारे टुंगो लगाउन समय दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भागबन्डा बारे निर्णय लिन समय थप गर्दै जिल्ला र स्थानीय संयन्त्रलाई वैशाख ४ गते सम्म टुंगो लगाउन निर्देशन दिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

यसअघि चैत अन्तिमसम्म उम्मेदवारीबारे निर्णय गर्न गठबन्धनले भनेको थियो।

सत्ता गठबन्धन भित्र चुनावी तालमेलका बारेमा एक मत बन्न सकेको छैन। तालमेलको मोडालिटीका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको चुनाव तयारी तथा अनुगमन समितिले गृहकार्य गरिरहेको भए पनि सहमति जुटन सकेको छैन।

२०७४ सालमा एमालेले जितेका स्थानीय तहमा गठबन्धन दलहरुको मत भारका आधारमा भागबन्डा गर्ने र बाँकी स्थानीय तहमा सम्बन्धित दललाई नै दिनेबारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell