PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

हेटौंडा उपमहानगरको प्रमुख र उपप्रमुखमा एमालेद्वारा तीन-तीन जनाको नाम सिफारिस



पहिलोपोस्ट

हेटौंडा उपमहानगरको प्रमुख र उपप्रमुखमा एमालेद्वारा तीन-तीन जनाको नाम सिफारिस

हेटौंडा : नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागी तीन-तीन जनाको नाम सिफारिस गरेको छ।

मंगलवार बसेको नगर कमिटीको बैठकले हेटौंडा उपमहानगरका हालका प्रमुख हरि बहादुर महत, संविधान सभा सदस्य अनन्त पौडेल र एमाले मकवानपुका पुराना नेतृ गणेशकुमारी प्रधानको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी, उपप्रमुखमा सुमित्रा काफले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएक छ।

२७ गते बसेको बैठकमा ९ जनाले प्रमुखका लागि दाबी गरेका थिए भने उपप्रमुखमा पनि ७ जनाले दावी गरेका थिए।

जिल्ला कमिटीमा सिफारिस भएका नामबारे पुन: छलफल  गर्ने र सकेसम्म एक-एक जनाको नाम प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पठाइने नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell