PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बुटवल उपमहानगरको प्रमुखमा एमालेबाट ८ जनाको नाम सिफारिस



पहिलोपोस्ट

बुटवल उपमहानगरको प्रमुखमा एमालेबाट ८ जनाको नाम सिफारिस

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ।

बुटवल उपमहानगरको प्रमुखको उम्मेदवारका लागि बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यका साथै बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी, सूर्यबहादुर भट्टराई र सावित्रा अर्यालको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए।

एमाले केन्द्रीय सदस्य तथा नगर प्रमुख सुवेदीले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न पुनः एक पटक दोहोरिन चाहेको बताउँदै आएका छन्। उपप्रमुख आचार्यले पनि आफूले यसपटक प्रमुखको दाबेदार नछाड्ने बताउँदै आएकी छिन्।

गोपाल राना रुपन्देहीका युवा नेता हुन्। उनी एमालेका निवर्तमान जिल्ला उपसचिव, हालका प्रदेश कमिटी सदस्य तथा होटेल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत हुन्।

अघिल्लो निर्वाचनमा पनि प्रमुखको दौडमा रहेका बाबुराम भट्टराई २०३६ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भई जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन्। उनी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत भइसकेका छन् 

रेग्मी बुटवल उपमहानगरपालिकाको प्रवक्ता तथा १५ नम्बर वडाको वडाध्यक्ष हुन्। तेजेन्द्र केसी एमाले रुपन्देहीकी अध्यक्ष हुन्।

सिफारिसमा परेका सूर्यबहादुर भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष हुन्। सावित्रा अर्यालले यसअघि उपप्रमुखमा दाबी गर्दै आएकी थिइन् तर अहिले नगर कमिटीले भने उनको नाम प्रमुखमै सिफारिस गरेको छ। अर्याल एमाले केन्द्रीय सदस्य हुन्।

८ जनाको नाम सिफारिस भएपनि उपमहानगरको प्रमुखका लागि गोपाल राना, शिवराज सुवेदी र बाबुराम भट्टराई बिच प्रतिस्पर्धा हुने सम्भावना रहेको बताइन्छ।

गत निर्वाचनमा एमालेले बुटवल महानगरमा प्रमुख÷उपप्रमुखसहित १६ वडामा जित हासिल गरेको थियो। १९ वटा वडा रहेको बुटवलमा ९० हजारभन्दा बढी मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell